अमेरिकी संसद्‌मा ट्रम्प समर्थकले गरे हिंसात्मक आक्रमण : मृत्यु हुनेको सख्या चार पुग्यो

एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ।

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा छिरेरै आक्रमण गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जोन बाइडनको विजयकाे पुष्टि गर्न कुराकानी गरिरहेका समयमा उनीहरुले संसद्‍भित्रै पसेर यस्ताे आक्रमण गरेका हुन्।

सदनमा छलफल चलिरहेकै समयमा अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र  गएका थिए। त्यसपछि बहस रोकिएकाे थियाे। ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए।

साेही समयमा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप समेत भयाे। साे प्रदर्शनमामा गोली चलेको थियो ।

अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो।

अधिकारीहरूले संसद भवनभित्र दुईटा पाइप बम पनि फेला परेको जनाएका छन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस