ग्लोबल आइएमई बैंकले ल्यायो स्मार्टमा क्यासब्याक योजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले स्मार्टमा क्यासब्याक योजना ल्याएको छ । साे बैंकले आफ्नो स्थापनाको चौधौं वार्षिकोत्सवको अवसरमा मोबाइल बैकिङ तथा ग्लोबल स्मार्ट प्रयोगकर्ताहरु लक्षित गरी सो योजना ल्याएको जानकारी दिएकाे छ ।

बैंकको मोबाइल बैकिङ/ग्लोबल स्मार्ट सेवा लिएर हालसम्म कुनै प्रकारको कारोबार गरेका ग्राहकले ग्लोबल स्मार्ट प्रयोग गरी प्रथम पटकको कुनैपनि कारोबारमा (वालेट लोड तथा मोबाइल टपअप बाहेक) ५० रुपैयाँ पाउनेछन् । क्यू आरमार्फतको पहिलो भुक्तानीमा १०० रुपैयाँ नगद प्राप्त (क्यासब्याक) गर्ने अवसर पनि छ । अहिले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा २६४ शाखा, २४० एटीएम, २४३ शाखा रहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, १ सीडीएस क्लियरिङ्ग काउण्टर सहित, २३ राजश्व कलेक्सन काउण्टर तथा ३ वैदेशिक प्रतिनिधि/सम्पर्क कार्यालयसमेत गरी करिब ७९७ सेवा केन्द्रबाट आफ्ना ग्राहकतथा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस