बीबीसी । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकहरूले क्यापिटल बिल्डिङमा छिरेरै आक्रमण गरेका छन्। अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जोन बाइडनको विजयकाे पुष्टि गर्न कुराकानी गरिरहेका समयमा उनीहरुले संसद्भित्रै पसेर यस्ताे आक्रमण गरेका हुन्।
सदनमा छलफल चलिरहेकै समयमा अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र गएका थिए। त्यसपछि बहस रोकिएकाे थियाे। ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए।
साेही समयमा केही प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप समेत भयाे। साे प्रदर्शनमामा गोली चलेको थियो । गोली लागेर एक जनाको ज्यान गएकाे छ। मृतक महिला भएको र उनी आम नागरिक रहेको प्रहरीले जानकारि दिएकाे छ ।
अमेरिकी राष्ट्रपतीय चुनाव परिणामको विरोध गरिरहेका ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङ बाहिर लगाइएको अस्थायी ब्यारियरहरू समेत तोडेका थिए। केही प्रदर्शनकारीहरू भवनभित्र प्रवेश गर्न प्रयास गरिरहेको थिए । केही प्रदर्शनकारीहरू पर्खालबाट सिनेट चेम्बरभित्र पनि पुगेका थिए।
प्रतिकृया दिनुहॊस