भारतमा दुई खोपलाई प्रयोगको सिफारिश, यसरी चलाइदै छ खोप अभियान

नयाँ दिल्ली । भारतको औषधि व्यवस्थाका लागि विशेषज्ञहरूको समूह (ड्रग्स कन्ट्रोलर जनरल अफ इंडिया–डीसीजीआई)ले भारतीय बायोटेकको स्वदेशमा नै विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई भ्याक्सिनलाई नियन्त्रित तर आपतकालीन प्रयोगका लागि सिफारिस गरेको छ ।

विज्ञ समितिले भारतीय बायोटेकको स्वदेशमा विकसित कोभिड–१९ विरुद्धको खोपलाई नियन्त्रित तर आपतकालीन प्रयोगको अनुमति दिन सिफारिस गरेको हो ।

डीसीजीआइ) को विषय विशेषज्ञ समितिको बैठक (एसईसी) बैठकले स्वदेशी सङ्क्रमित विरामीमा खोपको आपतकालीन प्रयोगका लागि आवेदन गर्ने दुई कम्पनी एसआईआई र भारत बायोटेकले बुझाएको आवेदन समीक्षा गर्न शुक्रबार दिल्लीमा बैठकको आयोजना गरिएको थियो ।

कोभ्याक्सिन भारतीय मेडिकल रिसर्च (आईसीएमआर) को सहकार्यमा भारती बायोटेकद्वारा स्वदेशी प्रविधिमा विकसित एक कोरोना भाइरस खोप हो ।

यसअघि शुक्रबार अक्सफोर्डले बनाएको कोरोना भ्याक्सिन कोभिशिल्डलाई पनि प्रयोगको अनुमति दिन सिफारिश गरिएको थियो ।

भारतमा सबै नागरिकलाई कोरोनाको खोप नि:शुल्क दिने तयारि शुरु गरिएको छ । यसका लागि बिभिन्न राज्यमा पूर्वाभ्यास भइरहेको स्वास्थ्य मन्त्रि डा. हर्षवर्धनले जानकारी दिएका छन् । उनले कुनै अफवाहमा नलाग्न र सबैलाई नि:शुल्क भ्याक्सिन उपलब्ध हुने बताएका छन् । भारतले आगामी जुलाईसम्म करिब २७ करोडलाई कोरोना खोप लगाउने तयारी गरेको छ ।

भारतमा सबैभन्दा पहिला स्वास्थ्य कर्मचारी, सुरक्षा जवान, प्रहरीलाई खोप उपलब्ध हुने छ । भारतमा करिब एक करोड स्वास्थ्यकर्मी रहेका छन् भने २ करोड सुरक्षा र प्रहरीकर्मी रहेका छन् । उनीहरुलाई खोप दिएपछि स्थानीय निकायका कर्मचारी, पहिला देखि कुनै रोग लागेका र ५० बर्षभन्दा बढी उमेरका लाई खोप दिइने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस