काँग्रेस केन्द्रीय समिति बैठक: सडकमा जान नेतृत्वलाई दबाव दिइने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यसविरुद्ध रणनीति बनाउन कांग्रेस पुस ७ गतेदेखि केन्द्रीय समितिमा जुटेको हो ।

कांग्रेसले सरकारको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक भनेको छ । यसअघि पुस १३ गते उक्त कदमविरुद्ध १६५ क्षेत्रबाट विरोध गरेको थियो । यद्यपी कांग्रेसमा तत्काल आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्नेमा नेताहरूबीच मतभेद बताइन्छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि नेतृत्वले निर्णय गर्नुपर्ने र सडक आन्दोलनमा जानुपर्नेमा बैठकमा जोड दिइनेछ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन छ । तर, प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कदम विरुद्ध कांग्रेसमा एकमत रहेको बताएका छन् । ‘कांग्रेस असंवैधानिक र अलोकतान्त्रिक कदमको विपक्षमा छ, यदि त्यसो होइन भने किन सर्वदलीय बैठक राखिन्थ्यो ? १३ गते किन देशभर विरोध प्रदर्शन गरिन्थ्यो ?,’ शर्माले भने- ‘बाहिर आएका सबै कुरा सत्य नै हुन् भन्ने आधार छैन, हामी दबाबमूलक आन्दोलनमा छौं ।’

आजको बैठकले पनि सरकारको कदमविरुद्ध थप रणनीति तय गर्ने उनले बताए । साथै देशको पछिल्लो राजनीतिक अवस्था र कांग्रेको महाधिवेशनबारे पनि बैठकमा विमर्श हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस