‘कृषि क्षेत्रमा विदेश लगानी खुला गर्नु राष्ट्रघाती कदम’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कृषि क्षेत्रमा विदेशीले लगानी गर्न पाउने सरकारी निर्णयको चर्काे विरोध गरेका छन् । डा. भट्टराईले सरकारको यो निर्णयलाई राष्ट्रघाती कदम भनेका हुन् ।

शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत धारणा राख्ने जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष समेत रहेका उनले सरकारले छापामार शैलीमा गरेको यस्तो निर्णय जनघाती भएको र यसले खाद्यसुरक्षा धरापमा पर्ने बताए । ‘छापामार शैलीमा ओली सरकारले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने जुन निर्णय गरेको छ। त्यो सबै हिसाबले गलत, जनघाती, राष्ट्रघाती छ। यसले उसै थला परेको कृषि झन् बर्बाद हुनेछ,’ उनले भनेका छन् – ‘किसान वेदखल हुनेछन्स खाद्यसुरक्षा धरापमा पर्नेछस अर्थतन्त्र अरू परनिर्भर हुनेछ । सबैले प्रतिरोध गरौं ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस निर्णयको प्रतिरोध गर्नसमेत सबैलाई आह्वान पनि गरेका छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने निर्णय गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस