एकाबिहानै ट्रकले लियो दुई पैदलयात्रीको ज्यान

गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट आज बिहान दुई पैदलयात्रीको जनाको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका-१३ का २३ वर्षीय बालकृष्ण भुजेल र २४ वर्षीय टोपबहादुर रजालीको सो दुर्घटनामा मृत्यु भएको हो । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासतर्फ आउँदै गरेको ना ५ ख ३२०४ नंको ट्रकले रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत मसिनेखोलामा उनीहरुलाई ठक्कर दिँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठका अनुसार ठक्कर दिने ट्रक र चालक गोपाल टण्डनलाई प्रहरीले नियन्त्रणमा लिईएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस