एक्सनमा प्रचण्ड-नेपाल समूह, ‘हामी यहाँ छौं’ भन्दै पुगे माइतीघर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले संसद् विघटनको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन सुरु गरेको छ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको निर्णय गरेपछि विभाजित भएको नेकपाको प्रचण्ड–नेपाल समूहले त्यसको विरोधमा प्रदर्शन सुरु गरेको हो ।

उनीहरुले ‘हामी यहाँ छौं’ भन्ने प्लेकार्ड छातिमा टाँसेका छन्, जसमा उनीहरुको नाम लेखिएको छ । उनीहरुले असंवैधानिक संसद विघटन खारेज गर, संसद अधिवेशन सुरु गर, प्रतिगामी हर्कत बन्द गरलगायतका नारा लगाइरहेका छन् ।

उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ । उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत पनि कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् । उनीहरु अहिले केहिबेरमा सर्वोच्च अदालत जाादैछन् भने दिउँसो निर्वाचन आयोग लागे लागेका हुन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजै संसद विघटनविरुद्ध परेका निवेदनको सुनुवाइ हुँदैछ ।

दिउँसो पत्रकार सम्मेलन
उक्त समूहले दिउँसो पत्रकार सम्मेलन गर्दैछ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दिउँसो २ बजे बबरमहरस्थित कार्की ब्याङ्केटमा अध्यक्षको तर्फबाट पत्रकार सम्मेलन हुन लागेको हो ।

बिहीबार सम्पन्न यो समूहको केन्द्रीय समिति बैठकले पत्रकार सम्मेलन गर्ने निर्णय गरेको थियो । बिहीबार स्थान तय नगरेको नेकपाले शुक्रबार बिहान कार्की ब्याङ्केटमा पत्रकार सम्मेलन गर्ने निर्णय गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस