सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ सहित निर्णायकहरुको दुर्घटना बीमा गर्ने

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी,नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ बर्षको दुर्घटना बीमा प्रदान गर्ने भएको छ ।

सो सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिसका प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमकाबीच हस्ताक्षर गरे ।

सम्झौता कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोकश्री बरिष्ठ गायक रामकृष्ण ढकाल, बरिष्ठ गायिका अन्जु पन्त लगायत कम्पनीका वरिष्ठ पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट ८ मा प्रतिस्पर्धा गरिरहेका उम्मेद्वारहरुको उपस्थिति रहेको थियो ।

उत्कृष्ट ८ जनालाई जनही १५ लाख एवं निर्णायकहरु एवं निर्देशकको २५ लाख रकम बराबरको दुर्घटना बीमा रहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल इन्स्योरेन्सले १० प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण …

प्रतिकृया दिनुहॊस