आन्दोलनको थप रणनीति तय गर्दै कांग्रेस केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । मंगलबारदेखि जारी केन्द्रीय समिति बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू हुने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि आवश्यक रणनीति तय गर्न बैठक बोलाइएको थियो । आजको बैठकले सरकारका कदमविरूद्ध आन्दोलनका कार्यक्रम ल्याउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले आजको बैठकले देशव्यापी विरोध प्रदर्शनबारे ठोस निर्णय लिने शर्माको भनाई छ ।

बैठकले यही पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापीरुपमा मनाउने निर्णय पनि गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको धारणा बनाउन कांग्रेस बैठक मङ्गलबारदेखि जारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविले भने- ‘सटर बन्द गर्न परे गर्छु तर, कुनै लुटेराको पैसाले पार्टी चलाउने छैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका …

प्रतिकृया दिनुहॊस