ग्लोबल आइएमई बैंकले बोलायो साधारणसभा

काठमाडौं । ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । बै‌कले १४औं साधारणसभा बोलाएको छ ।

गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनश सेयर र २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव यस अघि नै गरेको थियो ।

लाभांश पारितका लागि बैंकले पुस २९ गते वार्षिक साधारणसभा सम्पन्न गर्ने जनाएको छ । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि पुस १५ गतेदेखि पुस २९ गतेसम्म सेयर दाखिला बन्द गर्ने जनाएकाे छ ।  वार्षिक साधारणसभामा बैंकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव  पनि गरेको छ । साे सभाले संस्थापक सेयरधनी समूहबाट ३ जना र सर्वसाधारण सेयरधनी समूहबाट ३ जना गरी ६ जना सञ्चालक निर्वाचन गर्नेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस