आजको मौसम कहाँ कस्तो ? यस्तो छ पूर्वानुमान

काठमाडौं । अहिले प्रदेश नं १, ३ का केहि भू-भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावले बदली भइरहेको हो ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

मंसिर २८ गते (आईतबार)
दिउँसो : प्रदेश नं १, ३, तथा सुदुर पश्चिम प्रदेशका केहि भूभागमा आंशिक बदली रहने छ ।

राती: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

मंसिर २९ गते (सोमबार)
दिउँसो : देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर ३० गते (मंगलबार)
दिउँसो : देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
तराईका अधिकांश भु-भागहरुमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोकमा जन्ती सवार बस भीरमा खस्यो : तीन जनाको घटनास्थलमै मृत्यु, ५२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको …

प्रतिकृया दिनुहॊस