कोरोनाभन्दा खतरनाक शिक्षाबाट बञ्चित हुनु हो : विद्यार्थी नेता लामा

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले चौतर्फी रुपमा सबै क्षेत्र प्रभाबित बनेको छ । नौ महिना देखि शैक्षिक संस्थाहरु बन्द रहेका छन् । भर्चुअलबाट कतिपय शैक्षिक संस्थाहरुले पठाई शुरु गरे । परिक्षाहरु भने भौतिक रुपमा गरिने प्रयास गरिदै छ, शैक्षिक क्षेत्र खोल्ने तयारी पनि गरिदै छ । यसै विषय केन्द्रीत रहेर शंकरदेब क्याम्पस काठमाडौंका नेपाल विद्यार्थी संघका सभापति विवेक लामा घिसिङ्गसँग न्यूज दैनिकले गरेको कुराकानी ।

सर्वप्रथम यहाँलाई स्वागत छ ।
धन्यवाद

कुराकानीको शिलशिला गरौ अहिले तपाईमा के व्यस्त हुनुहुन्छ ?
अहिले म सधै झैं विद्यार्थी साथीहरुको दुःख सुखको साथमा छु । उहाँहरुलाई पर्ने विभिन्न समस्या र अब हुन गइरहेको स्तानक र स्तानकोतरको परिक्षा र कक्षा कसरी कोरोना रहित संचालक गर्न सकिन्छ, भन्ने कुरा मा सम्बंधित निकाय तथा विद्यार्थी साथीहरुसँग छलफल गर्ने यस्तै यस्तै विद्यार्थी हकहित कै विषयमा ब्यस्त छु ।

विश्वव्यापी रुपमा कोरोना असरबाट नेपाल अछुतो रहेन शैक्षिक क्षेत्रमा प्रभाव पर्यो यतीका समय कलेज बन्द तपाई शंकरदेव क्याम्पसको विद्यार्थी नेता अब शैक्षिक सत्र सञ्चालनका लागि के कस्तो भूमिका हुन्छ ?
३ कोभिड(१९ को कारणले अरु रास्ट्रको शैक्षिक क्षेत्र भन्दा नेपालजस्तो अविकसित देश लाई केही हदसम्म धेरै नै असर पारेको छ । नेपाल मा अनलाइन शिक्षा पनि पूर्ण रुपमा सफल हुन सकेन । नेपाल भगौलिक दृष्टिकोण, सुबिधाको पहुँचमा कमी, विद्यार्थीको जीवनस्तर, आर्थिक स्तरले गर्दा अनलाईन कक्षा केही सुबिधा सप्पन्न सहर बजार बाहेक देशको सम्पुर्ण विद्यार्थीको पहुँचमा पुर्याउन सकेन ।

सरकार र सम्बंन्धित निकायलाई अब कक्षा संचालक गर्नुपर्छ, त्यसका लागि उचित सरसल्लाह गरि विद्यार्थीको आवतजावतदेखी विद्यार्थीको स्वास्थ मापन गर्नेसम्म निगरानी राखेर कक्षा संचालक गर्न सक्दौ । त्यसका क्याम्पस प्रशासनले महामारी हुनजेलसम्म लागि एक स्वास्थ टोलि गठन गर्नुपर्दछ ।

त्यस कारण कोरोना आफूमा एक भयानक त छ तर शिक्षा पनि समाज देशमा अपहार्य छ । कोरोनाभन्दा खतरनाक शिक्षाबाट बन्चित हुनु हो । अब विद्यार्थीहरुलाई एक कोठामै थुनेर राख्ने होइन, त्यसका लागि सरकार, सम्बंन्धित निकायले उचित स्वास्थ मापदण्डसहित कक्षा संचालक गर्नु पर्छ । विद्यार्थीहरुको चापलाई मध्यनजर गरि क्याम्पस प्रशासनले सिफ्टको व्यवस्थापन गर्नु पर्दछ । यो महामारीको बेला दु:ख त छ तर, क्याम्पस प्रशासन कर्मचारीले अल्छि गर्नु हुँदैन र विद्यार्थीहरुले पनि गर्नु भएन । हामी सजग भएर गर्यो भने सफल हुन्छम् ।

अर्को कुरा मेरो सरकार र सम्बंन्धित निकायलाई अब कक्षा संचालक गर्नुपर्छ, त्यसका लागि उचित सरसल्लाह गरि विद्यार्थीको आवतजावतदेखी विद्यार्थीको स्वास्थ मापन गर्नेसम्म निगरानी राखेर कक्षा संचालक गर्न सक्दौ । त्यसका क्याम्पस प्रशासनले महामारी हुनजेलसम्म लागि एक स्वास्थ टोलि गठन गर्नुपर्दछ ।

राष्ट्रिय राजनीतिको कुरा गर्दा तपाईको माओपार्टी सरकारको रुपमा रहेको छ । प्रतिपक्षको भूमिका देखिएन भ्रष्ट्राचार बढेको छ । शुसानका कुरा पार्टीले उठाएको छैन जनता कोरोनाको त्रासमा छन् ।
नेपाली काङ्ग्रेस नितान्त सदा जनताको पक्षमा तथा कुरुती, सर्बसत्ताबाद, अधिनायकवाद, भष्ट्राचार विरुद्ध आवज उठाउँदै आएको छ । इतिहास साक्षी छ, जहाँनिया राणा शासन, पन्चायती व्यवस्था होस या निरंकुश राजतन्त्रलाई जरैदेखि उखेल्दै काँग्रेसले जनताको पक्षमा आवाज बुँलन्द पारेको छ । अहिलेको कपटी सरकार २-३ दम्भको नसामा लठ्ठ भएको छ । यसलाई आफू जे गरे पनि सहि र अरुले जे भनोस बेवास्ता गरेर आफ्नो मनोमानी गर्दै आइए रहेको छ । यो बेईज्ती सरकार विरुद्ध नेपाली काङ्ग्रेसले सदनदेखि सडकसम्म पटक-पटक खबरदारी गर्दै आएको छ । तर जे कुराको एउटा सिमा हुन्छ भने झै अब पनि सरकार सुध्रेन भने आम जनतालाई साथमा लिएर नेपाली काँग्रेसले यो सरकारलाई पाखा लाउने छ ।

नेपाली काङ्ग्रेसका सदा भ्रष्टाचार अन्त्यको पक्षमा छ । यो ओलीतन्त्रले देशमा पुनः भ्रष्टाचारमा मौलाउन दिएको आभास भएको यसको जबाफ अवश्य आम जनता काङ्ग्रेस दिनेछ । दिइरहेको छ । तसर्थ यो नसामा झुलेको सरकार दुघटना हुने सकेत देखेको छु मैले । भ्रष्टाचार रहित र सुशान को देश नेपाल काँग्रेसले कल्पना गरेको छ । यस्का निमित्त अघि बढी रहेको पनि छ । नेपाली काङ्ग्रेस तथा भातृ संघसंगठनले कोरोना रोकथाम लागि विभिन्न राहत, स्वास्थ सामग्री उपलब्ध गराइरहेको छ । कोरोना रोकथामका निमित्त काङ्ग्रेसले नेता प्रकाश शरण महतको सयोजकत्वमा कोरोना विभाग बनाई पनि कोरोनाको न्यूनीकरण, रोकथामका साझा धारण, बिचार उपायहरुको, राहत सहयोग सामग्रीहरु उपलब्ध गराउने देखि सरकारलाई सल्लाह सुझाव साथै खबरदारी गर्दै आए रहेको छ ।

यो बेईज्ती सरकार विरुद्ध नेपाली काङ्ग्रेसले सदनदेखि सडकसम्म पटक-पटक खबरदारी गर्दै आएको छ । तर जे कुराको एउटा सिमा हुन्छ भने झै अब पनि सरकार सुध्रेन भने आम जनतालाई साथमा लिएर नेपाली काँग्रेसले यो सरकारलाई पाखा लाउने छ ।

२९ गते देशव्यापी रुपमा आन्दोलनको घोषणा गरिएको छ । खास के ? का लागि हो आन्दोलन ।
सर्बसत्ता विरुद्ध, अधिनायकवाद विरुद्ध, भ्रष्टाचार विरुद्ध, शुसाशन कायम होस् भन्नका लागि, कोरोना संक्रमितको उपचारका लागि सरकारले गरेको लापरबाहीको लागि दबाब दिन, नागरिकको बाँच्न पाउने मौलीक हकका लागि यो आन्दोलन हो ।

धन्यवाद समय दिएकोमा
धन्यवाद यहाँहरुलाई पनि विशेष गरी न्यूज दैनिकलाई जसले मेरो विचारलाई स्थान दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस