नेपालको फिफा बरियता यथावत

काठमाडौंर । नेपालको फुटबल बरियता यथावत रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१ औं स्थानमा यथावत छ । नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन ।

बंगलादेशबाहेक दक्षिण एसियाका सबै देशको बरियता यथावत रहेको फिफाले जनाएको छ । बंगलादेश फिफा बरियतामा दुई स्थान तल झरेको छ । गत साता बंगलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो । दक्षिण एसियाली देशमध्ये भारत १०४ औं स्थानमा छ भने माल्दिभ्स १५५, बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्का २०६ औं स्थानमा छन् ।

फुटबलको विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फिफा बरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौँ तथा इटाली १०औं स्थानमा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बहराइनसँग नेपाल पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनौटअन्तर्गत बहराइनसँग पराजित भएको छ । …

प्रतिकृया दिनुहॊस