नेपाल बङ्गलादेश बैंकद्वारा सामुदायिक विकास समितिलाई आर्थिक सहयाेग

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले काठमाडौं महानगरपालिका वडा नं -३२  सुविधानगरस्थित सामुदायिक विकास समितिलाई ३ लाख रुपैयाँ बराबरकाे आर्थिक सहयाेग गरेको छ ।

बैंकको कमलादी स्थित प्रमुख कार्यलयमा भएको कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख संचालन अधिकृत सुरेश देवकोटाद्वारा समितिका सचिव हर्क बहादुर भट्टराईलाई रकम हस्तान्तरण गरेका थिए ।

सो समितिले स्थापना काल देखिनै आफ्नो क्षेत्र भित्र बाटो, दल, खानेपानी, विजुलीवत्ती, टोल सुधार मर्मत, मन्दिर निर्माण, पार्क उद्यान निर्माण तथा सरसफाईको कार्य अनवरत रुपमा गर्दै आएको छ ।

हस्तान्तरण गरिएको रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गरिनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस