आज बिहीबार थप १३ सय ४३ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या २ लाख ३७  हजार नाघ्यो

काठमाडौं । आज बिहीबार थप १३ सय ४३ जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  १३ सय ४३ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७  हजार ५८९ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट १३  जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख २० हजार २७२ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १५ सय ५१ जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झापामा बाइक र बोलेरो जुधे, बाइकमा सवार तीन युवाको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बिहान …

प्रतिकृया दिनुहॊस