काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरीरमा दुखाइ बढ्दै गएको बताएका छन् । नेता पौडेलले सामाजिक सञ्जालमार्फत प्रहरीको डण्डाबाट पेलिएका आफ्ना करङमा हिजोभन्दा आज दुखाइ बढी भएको बताएका हुन् ।
बुधबार उनलाई पुल उद्घाटन गर्न जाँदै गर्दा तनहुँ प्रहरीले नियन्त्रणमा लिई तीन घण्टापछि छाडेको थियो । वरिष्ठ नेता पौडेलले ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको उल्लेख गर्दै असली लोकतन्त्र कहिले साकार हुने हो भन्नेमा चिन्ता रहेको बताए ।
‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो, हिजोभन्दा आज दुखाइ बढी छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन । असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’
पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ । सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन ।
असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ । pic.twitter.com/U2fxsHSr1z— Ram Chandra Paudel (@NcPaudel) December 3, 2020
प्रतिकृया दिनुहॊस