माहुरीको टोकाइबाट गर्भवतीको मृत्यु

सप्तरी ।  सप्तरीमा माहुरीको टोकाइबाट एक गर्भवती महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका-१ रुपनी बजारका राजेश यादवकी २४ वर्षीया श्रीमती रमिला रहेकी छिन् । आफ्नो खेतबाट फर्कँदै गरेकी रमिलालाई मंगलबार दिउँसो मुख, घाँटी र छातीमा एकै पटक सयौं माहुरीले  टोकेको थियो ।

माहुरीको टोकाइबाट सिकिस्त भएकी उनलाई उपचारका लागि स्थानीय युनिक अस्पतालमा भर्ना गरिए पनि उनको मृत्यु भएको हो ।मृतक महिला ६ महिनाकी गर्भवती थिइन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस