चन्द्रागिरी हिल्सको आईपीओ खुल्याे

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आजदेखि आईपीओ खुल्ला गरेको छ । कम्पनीले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेकाे हो ।

कम्पनीले प्रतिसेयर १ सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेकाे छ ।

आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ साविक थानकोट गा.वि.स.का सम्पूर्ण वडा र साविक महादेवस्थान गा.वि.स.को वडा नं. ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० साविक चित्लाङ्ग गा.वि.स.का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं. ५ साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् ।

धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक २८ गते शुक्रबार अनुमति प्रदान गरेको थियो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्ताको लागि छिटोमा पौष १ गते र ढिलोमा पौष १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको उक्त साधारण शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पठाओ चालक र यात्रुको दुवैको ५-५ लाखको बिमा

काठमाडौं । राइड शेयरिङ्ग तथा फुड डेलिभरी एप पठाओ नेपालले ग्राहकहरु र राइडर/चालक साथीहरुलाई बीमा …

प्रतिकृया दिनुहॊस