शिखर इन्स्योेरेन्सले शुरु गर्याे च्याटबट सेवा

काठमाडौं । शिखर इन्स्योरेन्सले डिजिटल इन्स्योरेन्समा फड्को मार्दै सम्पुर्ण बीमा क्षेत्रमै पहिलो पटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबटको प्रयोग मार्फत आफ्ना बीमा सेवाहरु उपलब्ध गराउने भएकाे छ ।

वर्तमान परिप्रेक्षमा बीमा कम्पनीसम्म पुगी बीमा सेवा प्राप्त गर्न असहज परिस्थिति रहेको अवस्थामा ग्राहकहरुले अब कम्पनीसम्म नगइकनै फेसबुक मेसेन्जर र भाइबरबाट कम्पनीका विभिन्न सेवाहरु लिन सक्नेछन् ।

सका लागि फेसबुक मेसेन्जरमा लगइन गर्नु पर्नेछ भने भाइबरमा कम्पनीको क्युआर  कोड स्क्यान गर्नुपर्ने हुन्छ । इन्टरनेटमा पहुँच रहेका ग्राहकहरुका लागि च्याटबट सेवा अति नै सहज, सरल र प्रभावकारी हुने कम्पनीले जनाएकाे छ ।

यस च्याटबट मार्फत ग्राहकले आफुले लिन चाहेका सेवा बारे जानकारी दिनासाथ शिखर इन्यारेन्सको सम्बन्धित विभागले ग्राहकलाई सम्पर्क गर्नेछन् ।

यसले गर्दा ग्राहकहरुको समय बचत हुनुका साथै इच्छा अनुसारका सेवा तत्कालै लिन पाइने कम्पनीले जनाएकाे छ ।

यसका लागि फेसबुक मेसेन्जरमा लगइन गर्नुपर्नेछ भने भाइबरमा कम्पनीको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । इन्टरनेटमा पहुँच रहेका ग्राहकहरुका लागि च्याटबट सेवा अति नै सहज, सरल र प्रभावकारी हुने शिखर इन्स्योरेन्सको विश्वास छ ।

ग्राहकहरुले उक्त माध्यमबाट बीमा पोलिसी खरिद, दाबीको जानकारी, बीमा पोलिसीको प्रति इमेल, बीमा नविकरण, बीमा सम्पुष्टि, केवाईसी अपडेट जस्ता सेवाहरु लिन सक्नेछन् साथै आफ्ना सुझावहरु समेत दिन सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस