अमृताको हत्यामा संलग्न रहेको अभियोगमा ७ जना पक्राउ

रौतहट।  माधवनारायण नगरपालिका-७ लौकाहा टोल बस्ने राम अयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृता कुमारी साहको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनीया कुरुनीया बस्ने बस्ने ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने ईस्लाम असांरी, ३६ वर्षीय शेख ईम्प्ताज, मृतकका बाबु माधवनारायण नगरपालिका-७ लौकाहा टोल बस्ने ५५ वर्षीय रामअयोध्या साह, मतृककी आमा सिता देवी साह, परोहा नगरपालिका-४ बस्ने ४६ वर्षीय छोटेलाल साह र देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनिया कुरुनीया बस्ने कैमलु देवान रहेका छन् ।

आफ्नै माईतीघरमा आमासँग सुतिरहेको अवस्थामा आमा चर्पी गएको बेलामा ४/५ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले अमृता कुमारीलाई गोली प्रहार गर्दा गत कात्तिक २६ गते उनको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३० वर्षीय युवकसँग मृतकको ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको भएपनि परिवारको दबावमा २०७६ फागुनमा सर्लाही विष्णु गाउँपालिका-३ मा विवाह भएकोमा उनका पतिलाई छुरा प्रहार गरी ज्यान मार्ने आक्रमण भएपछि अमृता माईती आई बसेको थिईन  र २०७७ साल असारमा उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो ।
त्यसपछि अमृता र उनको प्रेमी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकोमा अमृताका बाबु आमालाई उनको प्रेम सम्बन्ध पनि स्वीकार नरहेको र छोरी पक्राउ परे इज्जत समेत जाने र समाजबाट अपहेलित हुनपर्ने डर भएकोले मृतककै बाबु रामअयोध्या साह समेतले भारतमा उपचारको लागि लगेर मार्न बनाएको योजना असफल भएपछी पुन: अभियुक्त कैमलु देवानलाई १ लाख रुपैयाँ दिई गोली हानी अमृताको हत्या गर्न लगाएको खुल्न आएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस