कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यु

विराटनगर – इलामकी कोरोना भाइरस संक्रमित एक महिलाको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको सोमबार बिहान ८ बजेतिर मृत्यु भएको हो ।

अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि महिलालाई उपचारका लागि मंसिर ९ गते अस्पताल भर्ना गरिएको थियो । गम्भीर अवस्थामा भर्ना गरिएकी महिलाको उपचारकै क्रममा मृत्यु भएको आचार्यले बताए। महिलामा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या रहेको अस्पतालले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यसपटक सकिएन, थोरै धैर्य गरिदिनुस् : रवि लामिछाने

काठमाडौं । कतारका राजा तमिम बिन हमाद अल थानीलाई नेपालमा स्वागत गर्न आज सार्वजनिक बिदा …

प्रतिकृया दिनुहॊस