नेप्से १८ सय ९३ अंकमा, सातामा ३१ अर्ब ५४ करोडको सेयर कारोवार

काठमाडौ । यो साता नेप्से १८ सय ९३ दसमलव २४ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६५ दसमलव १८ अंकमा पुगेको छ ।

यो साता नेप्सेमा दुई सय एक वटा कम्पनीहरुको दुई लाख ८७ हजार एक सय ३० पटकको कारोवारमा सात करोड ५८ लाख ३८ हजार आठ सय ६४ कित्ता सेयर किनबेच हुदा कारोवार रकम ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार दुई सय रुपैयाँ पुगेको छ ।

कारोवार रकम गत साताको तुलनामा बढेको हो । नेप्सेमा गत साता भने एक सय ९९ वटा कम्पनीहरुको एक लाख १४ पटकको कारोवारमा दुई करोड ५७ लाख ३७ हजार तीन सय ८२ कित्ता सेयर खरिद बिक्री हुदा कारोवार रकम १० अर्ब ९० करोड ७७ लाख ७१ हजार सात सय २० रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नै खुल्ला रहेको थियो । ति मध्ये पहिलो, तेस्रो र चौथो र पाँचौं दिन नेप्से बढेको थियो भने दोस्रो दिन घटेको थियो ।

यो साता पहिलो दिन नेप्से चार दसमलव ६९ अंकले बढेर १७ सय ८२ दसमलव ८१ अंकमा पुुग्दा सेन्सिटिभ पनि दुई अंकले बढेर तीन सय ४५ दसमलव सात अंकमा पुुगेको थियो । दोस्रो दिन भने नेप्से दुई दसमलव ३८ अंकले घटेर १७ सय ८० दसमलव ४३ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव १२ अंकले घटेर तीन सय ४४ दसमलव ९५ अंकमा पुगेको थियो । तेस्रो दिन भने नेप्से २९ दसमलव ६८ अंकले बढेर १८ सय १० दसमलव ११ अंकमा पुुग्दा सेन्सिटिभ चार दसमलव ४२ अंकले बढेर तीन सय ४९ दसमलव ३७ अंकमा पुगेको थियो ।

चौथो दिन भने नेप्से ६४ दसमलव ५६ अंकले बढेर १८ सय ७४ दसमलव ६७ अंकमा पुगेकोमा सेन्सिटिभ पनि १२ दसमलव ९६ अंकले बढेर तीन सय ६२ दसमलव ३३ अंकमा पुगेको थियो । पाँचौं दिन पनि नेप्से १८ दसमलव ४३ अंकले बढेर १८ सय ९३ दसमलव २४ अंकमा पुगेकोमा सेन्सिटिभ पनि दुई दसमलव ८५ अंकले बढेर तीन सय ६५ दसमलव १८ पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, नेपाल टेलिकम, हिमालयन डिष्ट्रिलरी प्राली आदि परेकाछन । सेयर कारोवार भएको संंख्याको आधारमा भने यो साता नेपाल पुर्नबीमा कम्पनी, बोर्टलस नेपाल तराई लिमिटेड, एनआईसी एशिया बैंक आदि परेकाछन ।

बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदि परेकाछन । सेयर सुचीकरण तर्फ भने यो साता सिभिल लघुबित्त बित्तीय संस्थाको हकप्रद र नारायणी डेभलपमेन्ट बैकको बोनस सेयर नियमित कारोवारको लागि सुचीकृत भएकाछन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस