डिशहोमको The Strings Show को फाइनल प्रतियोगिता हुदै

काठमाडौं । डिशहोमले सुरु गरेको डिजिटल Retro English सांगीतिक प्रतियोगिता The Strings को फाईनल प्रतियोगिता हुन लागिरहेको छ ।
दुई भागमा यस शो को प्रशारण रियालिटि टिभी मा १३ र १७ गते प्रशारण हुँदैछ । १३ गते शनिवार प्रतियोगिताको प्रशारण राति ८ः३० वजे र फाईनल प्रतियोगिता १७ गते बुधवार राति ८ः३० बजे प्रशारण हुनेछ ।
प्रतिस्पर्धीहरु क्रमस शिभाना श्रेष्ठ, तुसिता मास्के, स्वर्निम श्रेष्ठ, रिया श्रेष्ठ र योगेन राई विचको प्रतिस्पर्धाको प्रशारण रियालिटि टिभीमा हुन लागिरहेको हो । फाईनल प्रतियोगिता पुगेका प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ ।
प्रतियोगिहरु मध्य वाट विजेताको छौनट निर्णायकको निर्णय र प्रतियोगिले प्राप्त गरेको Voting को आधारमा गरिनेछ । निर्णायकहरुमा युलिया कोईराला, पेम्बा लोप्चा र निर्भाणा चौधरी रहनुहुनेछ । प्रतियोगिलाई vote गर्ने तरिकाको वारेमा थप जानकारीका लागि  Dish home को आधिकारीक  Facebook Page मा गएर हेर्न सकिन्छ ।
डिशहोमले सुरु गरेको डिजिटल Retro English सांगीतिक प्रतियोगिता The Strings मा ७० देखि ९० दशकसम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गर्नु भएको थियो ।
विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीता मार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन् । ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीत मनपराउने सम्पुर्णले यस सांगीतिक प्रतियोगीता मार्फत भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने डिशहोमले अपेक्षा राखेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस