कोरोनाबाट चितवनमा थप दुईको मृत्यु

चितवन – कोरोना भाइरस संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा उपचाररत दुई जनाको आज (शुक्रबार) बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१७ बस्ने ७७ वर्षीय पुरुषको विहान सवा पाँच बजे र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बस्ने ५७ वर्षीया महिलाको बिहान ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भरतपुर–१७ का वृद्ध यही मंसिर ५ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए । मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ मंसिरमा कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो । हेटौंडा–१० की ५७ वर्षीया महिलालाई भने यही मंसिर ११ गते कोभिड संक्रमणसहित ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भरतपुर अस्पतालमा ल्याइएको थियो । मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई बिहीबार नै कोभिड आइसियुमा राखेर उपचार थालिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस ठूलो पार्टी बन्छ भनेर चुनावमा जान हतार गर्नु हुँदैन : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दामा न्यायाधीशहरुले देशको हितमा निर्णय …

प्रतिकृया दिनुहॊस