एसबिआई बैंकद्वारा परोपकार तथा अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण हस्तान्तरण

काठमाडौँ । नेपाल एसबिआई बैंकलेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको छ ।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे ले संस्थाका अध्यक्ष विक्रम मादेन गुरुङलाई संस्थामा आयोजित कार्यक्रममा विद्युतीय सामानहरु हस्तान्तरण गरेका हुन् । वि. सं. २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८ जना वृद्धवृद्धालाई आश्रय दिइरहेको छ ।

समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त, विर्तामोड शाखाका शाखा प्रबन्धक मनोज चापागाईं तथा सो संस्थाका अन्य कर्मचारीको उपस्थिति थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रभु बैंकको खुद नाफा १ अर्ब ८१ करोड २४ लाख

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको नौ महिनामा १ अर्ब ८१ करोड २४ लाख …

प्रतिकृया दिनुहॊस