गुल्मीमा जिप खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु, ३ घाइते

काठमाडौं । गुल्मीको इस्मा गाउँपालिकामा आज बिहान जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । इस्मा-४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट खस्दा एक महिला र चार पुरुषको घटनास्थलमै मृत्यु हो ।

जिपमा चालक र सहचालकसमेत गरी ९ जना सवार थिए । दुर्घटनामा परी इस्मा-४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका-५ की ८० वर्षीया सुन्दरी थापाको मृत्युभएको गुुल्मीका प्रहरी प्रमुख (एसपी) प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार इस्मा गाउँपालिका-४ कै १९ वर्षीय पर्शुराम थापा र २८ वर्षीया सरस्वती दर्लामी गम्भीर घाइते छन् । जीपका सहचाक २५ वर्षीय कमल हितान घाइते छन् । चालक बुद्ध बस्नेत सकुशल रहेको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुुरु गरिएको एसपी प्रविणलाल श्रेष्ठले बताए । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल लगिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस