मुक्तिनाथ विकास बैंकमा अनलाइन मार्फत कर्जाकाे आवेदन दिन सकिने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ ।

अब बैंककाे वेभसाइटबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सकिनुकाे साथै कर्जा स्वीकृतिका लागी आवश्यक पर्ने कागजात समेत अनलाइन मार्फत बुझाउन सकिने बैंकले जनाएकाे छ ।

ग्राहकले आफुलाई सहज पर्ने कुनै पनि शाखा अनलाइननै छनोट गरी कर्जा आवेदन दिन सक्नुकाे साथै सम्पूर्ण कागजात प्रस्तुत गरिएको ७ कार्य दिन भित्रनै कर्जाकाे स्वीकृति पाउने छन् ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएकाे जनाएकाे छ

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस