सरकारलाई किसानको हितभन्दा सत्ता नै प्यारो देखियो : डा. डिला संग्रौला

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले सरकार किसानप्रति उदासिन भएको आरोप लगाएकी छन् । सरकारले तोकेको धानको समर्थन मुल्यभन्दा कम मुल्यमा धान बेच्न किसान बाध्य भएको भन्दै सामाजिक संजालमा आक्रोश पोखेकी छन् ।

सांसद संग्रौलाले सरकारले तोकेको मुल्यभन्दा पनि कम मुल्यमा किसानले धान बेच्न बाध्य भएको भन्दै सरकारले अनुगमन नगरेको आरोप लगाएकी छन् । उनले समय रासायनिक मल उपलब्ध समेत गराउन नसकेको सरकारलाई किसानको हितभन्दा सत्ता नै प्यारो देखिएको टिप्पणी गरेकी छन् ।

उनले भनेकी छन् – ‘सरकारले किसानलाई राहत र सुबिधा दिन सकेन नै । गत बर्षायाममा धानबाली लगाउदै देखि रासायनिक मल बाङ्गलादेशबाट कहिले पैचो, कहिले जिटुजी एवं प्रतिस्पर्धाको प्रक्रियाको नाटक गर्दै ५० हजार टन बराबरको मल अन्ततः हिउँद जानलाग्दा पनि नल्याउने नै भो । चर्को ब्याजदरमा ऋणलिइ किसानले उत्पादन गरेको फलफूल र तरकारीको बजार ब्यबस्थापनसम्म नगरी बारीमै सडेर फाल्नुपर्ने स्थितिआउँदा पनि सरकार किन बेखवर ? सरकारले तोकेको धानको समर्थन मुल्य भन्दा कम मुल्यमा धान बेच्न किसान किन बाध्य हुनुपरेको ? खोइ अनुगमन ? किसानको हितभन्दा आफ्नो सत्ता नै प्यारो हो यो सरकारको लागि ?’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस