एनएलजी इन्स्योरेन्सको चौध्रौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, पानीपोखरी, काठमाण्डौको चौध्रौं वार्षिक साधारण सभा आज WEBINAR मार्फत केन्द्रिय कार्यालय काठमाण्डौमा सम्पन्न भएको छ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५÷०७६ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरीएको २०७६ साल आषाढ मसान्तको वासलात, २०७ं५÷०४÷०१ देखि २०७६÷०३÷३१ सम्मको नाफा—नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल भई पारित गर्ने निर्णय  गरेको छ ।

कम्पनीका अध्यक्ष  विमल प्रसाद वाग्लेले आ.व. २०७५÷०७६ सम्मको संचित मुनाफाबाट ६० प्रतिशत हकप्रद शेयर जारी पश्चात
कायम भएको चुक्ता पूँजी रु. एक अरब दुई करोड छ्यालिस लाख पचास हजार रुपैयाँको ७ प्रतिशका दरले
हुन आउने रकम रु. सात करोड सत्र लाख पचिस हजार पाँच सय रुपैया बोनस शेयर वितरण गर्ने र सो मा
लाग्ने कर प्रयोजनका लागि माथि उल्लेखित चुक्ता पूँजीको ०.३७ प्रतिशतका दरले हुन आउने रकम रु.३७ लाख ७५ हजार २६ रुपैयाँ नगद लाभांश प्रदान गर्ने जानकारी गराएका छन्  ।

समूह “ख” को शेयर सहज बिक्रि वितरण गर्ने प्रयोजनका लागि सो समूहलाई आवश्यक समायोजन गर्न संस्थापक शेयरधनी समूहको
न्युनतम ५१ प्रतिशत हुनु पर्ने वर्तमान प्रावधानलाई दृष्टिगत गरि शेयरधनी समूह “ख” मा रहेको शेयर संख्याको ५ प्रतिशत समानुपातिक
हिसाबले संस्थापक समूह “क” मा र बाँकी ९५ प्रतिशत सर्वसाधारण समूहमा समायोजन गरि मिलान गर्न नियामक निकायको आवश्यक स्वीकति लिई गरिने जानकारी  गराए ।

कम्पनीको आ.व. २०७५÷०७६ को वित्तीय विवरणका मुख्य झलकहरु यस प्रकार छन् ः
कुल बीमा शुल्क आम्दानी — रु. १६६ करोड ६० लाख
खुद बीमा शुल्क आम्दानी — रु. ७० करोड १७ लाख
खुद नाफा — रु. २० करोड २४ लाख

कम्पनीको कूल लगानीमा गत आर्थिक वर्षको तुलनामा ८.७६ प्रतिशतले बृद्धि भई २०७६ साल आषाढ मसान्तमा रु. २१३ करोड ४८ लाख पुगेको छ ।

आ.व. २०७५÷०७६ मा कम्पनीको कूल कारोबार गत आ.व. २०७४÷०७५ कोे तुलनामा १०.७१ प्रतिशतले बृद्धि भई, रु.१६६.६० करोड बीमा शुल्क आर्जन गरेको छ र यसका सबै पोर्टफोलियोहरु निरन्तर बृद्धिमा छन् ।

कम्पनीले आफ्नो कारोबारको पूनर्बीमा विश्व प्रसिद्ध हेनोभर री को अगुवाईमा गर्दै आइरहेको र बीमालाई बढि भन्दा बढि ग्राहकहरुसम्म पु¥याउन शाखा बिस्तारलाई निरन्तरता दिंदै आइरहेको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस