ओपोद्वारा ईन्नो डे २०२०मा एकिकृत भविष्यको कल्पना प्रतिविम्बित गर्दै तीन अवधारणा उत्पादन प्रदर्शित

शन्चन । ‘लिप ईन्टू द फ्यूचर’ अवधारणाका साथ शन्चनमा ओपो ईन्नो डे २०२०को आयोजना गरिएको छ । पछिल्लो बर्ष ईन्टरनेट अफ एक्स्पेरियन्स अवधारणाका साथमा आयोजित कार्यक्रम यस पटक ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वल्र्ड’ र ‘भच्र्यूओस ईन्नोभेसन’, परिस्कृत अवधारणाका साथ पहिलो पटक ‘थ्रींएनंएक्स’ प्रविधि विकास नीति सार्वजनिक गर्दै आयोजना गरिएको हो ।

कार्यक्रम मार्फत ओपोले सार्वजनिकका लागि तयारी अवस्थाको ह्याण्डसेट, ओपो एक्स २०२१, ओपो एआर ग्लास २०२१ र ओपो साइबरियल एआर एप्लिकेशन पनि पहिलो पटक प्रदर्शित गरेको छ ।

 

‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वल्र्ड’लाई मनन गर्दै ओपोद्वारा ‘थ्रींएनंएक्स’ प्रविधि विकास नीतिको पुष्टि
ओपो ईन्नो डे २०२०मा बोल्दै ओपोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टोनी छन्ले आफ्नो ‘थ्रींएनंएक्स’ प्रविधि विकास नीति मार्फत थप उत्कृष्ट उत्पादनहरुको निर्माण गर्दै बहुगुण सम्पन्न नवप्रबर्तन पस्कने दृढता ब्यक्त गरे । ओपो ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वल्र्ड’ मा विश्वास गर्छ र कर्पोरेट नवप्रबर्तनको एक मात्र उद्देश्य उपभोक्ता हुनु पर्ने सोच राख्छ ।

ओपोले प्रविधिको प्रयोग मानिसहरुलाई सबल बनाउन, तिनका वरपरका सुन्दरता कैद गर्दै भविष्यप्रतिको तिनको कल्पना ब्यक्त गर्न सकुन् भन्ने सोचका साथ सबैले जीवनबाट उत्कृष्ट अनुभव हात पार्न सकुन् भन्नका निम्ति गर्छ । यही उद्देश्यका साथ ओपोको दिर्घकालिन विकासका लागि हामीले ‘थ्रींएनंएक्स’ प्रविधि विकास नीति अघि सारेका हौँ ।’

यसमा रहेका ३ले तीन अन्तरनिहित प्रविधिहरु , हार्डवेयर, सफ्टवेयर र सेवा प्रविधिको प्रतिनीधित्व गर्छ । यिनले ओपोलाई आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि एकिकृत स्मार्ट लाइफ उपलब्ध गराउन सघाउँछ । ‘एन’ले ओपोका एआई, सेक्योरिटी र प्राइभेसी, मल्टिमिडिया र ईन्टरकनेक्टिभिटी लगायत आवश्यक क्षमताका संख्याको प्रतिनीधित्व गर्छ । त्यसैगरी, ‘एक्स’ले अग्रगामी धार र पृथक प्रविधि तथा रणनीतिक श्रोत जस्तै फ्ल्याश चार्ज प्रविधि ९जसले नवप्रबर्तनलाई बढावा दिनुका साथै प्रयोगकर्ता अनुभवमा उच्चतम सुधार प्रदान गर्छ, लगायतको प्रतिनीधित्व गर्छ ।
‘प्रविधिक क्षमता विस्तार गर्नु आवश्यक छ, तर तिनलाई नवप्रबर्तनात्मक तरिकाले एकिकृत गर्नु अझ महत्वपूर्ण हुन्छ । सबै कठिनाइको सामना गर्दै उपभोक्तालाई फाइदा मात्र उपलब्ध गराउनु पर्छ भन्ने ओपोको विश्वास छ’, कार्यक्रममा किनोट प्रस्तुत गर्दै ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका प्रमुख लेभिन ल्यूले भने ।

तीन अवधारणा उत्पादनको घोषणा गर्दै ओपोद्वारा भविष्यको प्राविधिक अन्वेषण परिभाषित
कार्यक्रम मार्फत नै ओपोले तीन अवधारणा उत्पादनहरुपनि सार्वजनिक गरेको थियो । तिनले मानव९प्रविधि अन्तरक्रिया र भविष्यको प्रविधि अन्वेषण सम्बन्धि सबै सम्भावना प्रदर्शित गर्छन् ।

ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट ह्यान्डसेट, ओपोको फ्लेक्सिबल ९लचकदार० डिस्प्ले र स्ट्रक्चरल ९संरचनात्मक० स्ट्याकिङ अन्तर्गत प्रयोगकर्तालाई थप प्राकृतिक अन्तरक्रिया अनुभव दिने नयाँ सफल प्रविधिको प्रतिक हो । प्रदर्शित कन्सेप्ट ह्याण्डसेटले ओपोको स्वामित्वमा रहेका तीन प्रविधिहरु, रोल मोटर पावरट्रेन, २-इन-वान प्लेट र स्व-विकासित ¥याप ट्रयाक हाई स्ट्रेन्थ स्क्रिन लेमिनेट समाहित गरेको छ । यसमा रहेको कन्टिन्यूओसली भ्यारिएबल ओलेड डिस्प्लेका कारण फोनले ६.७ ईञ्च सम्म सानो देखि ७.४ ईञ्च सम्म ठूलो मापन गर्न सक्छ । फलस्वरुप प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार डिस्प्लेको आकार समायोजन गर्न पाउँछन् ।

ओपो एआर ग्लास २०२१ले डिजिटल जगतमा ओपोको छलाङको सफल प्रतिनीधित्व गर्छ । अत्याधुनिक स्प्लिट डिजाइन समायोजित ओपो एआर ग्लास २०२१ कम्प्याक्ट र अल्ट्रा लाइट छ । यो उपकरण पछिल्लो संस्करणका तुलनामा ७५%हल्का छ । यसमा रहेका कोर कम्पोनेन्ट्सका कुरा गर्दा ओपो एआर ग्लास २०२१को निर्माणमा बर्डबाथ अप्टिकल सोल्यूशनको प्रयोग गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई जीवन्त अनुभव प्राप्त हुन्छ ।

ओपो एआर ग्लास २०२१मा स्टेरियो फिशआई क्यामेरा, एउटा टीओएफ सेनसर र एउटा आरजीबी क्यामेरा सहितको डाइभर्स सेन्सर जडान गरिएको छ । यसले प्रयोगकर्तालाई एआर जगतमा सटिक र प्राकृतिक अनुभव प्राप्त हुन्छ ।

रियल- टाइमको स्पाशियल क्याल्कुलेशन प्रविधिद्वारा सञ्चारित साईबरियल एआर एप्लिकेशनले सटिक स्थानियकरण र दृष्य चिन्ने क्षमता बोकेको छ । यसलाई थप रोमाञ्चक बनाउन सटिकरुपमा वातावरण निर्माण (सेन्टिमिटर सम्म), तत्समय सटिक स्थानियकरण र ओपो क्लाउड गरी आपोका तीन मुख्य प्रविधिले समेत सुसज्जित गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई दृष्टिकोण निर्माण र वास्तविक संसारको पहिचान गर्ने कार्यमा थप सहयोग मिल्छ ।

ओपो ईन्नो डेको आयोजना लगातार दूई बर्ष सफलतापूर्वक भइसकेको छ । समारोहमा बोल्दै टोनी छन्ले उत्कृष्ट नवप्रबर्तनका माध्यमबाट दयाले भरिपूर्ण विश्वको निर्माण गर्नु ओपोको चाहना रहेको बताए । ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दी वल्र्ड’ अवधारणाबाट प्रेरित ओपोले मानव र प्राविधिक नवप्रबर्तन विच एकिकृत रुपदिँदै प्रयोगकर्तालाई समयानुकुल ब्यक्तिगत प्राविधिक अनुभव पस्कने प्रयास गरिरहने जानकारी दिइएको छ । भविष्यमा पनि ओपोले आफ्ना पार्टनर्ससंग सहकार्य गर्दै मानविय प्रविधिको उज्वल भविष्यका लागि काम गरिरहेने जानकरी दिइएको छ ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस