बुटवलको कोरोना अस्पतालमा संक्रमितको मृत्यु

काठमाडौं । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–६ का ६२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गत कात्तिक २३ गते पीसीआर पोजिटिभ आई अस्पताल भर्ना भएका उनको गएराति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

ती व्यक्तिमा निमोनियाको समस्या थियो । योसँगै लुम्बिनी प्रदेशमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २ सय ४० पुगेको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अब घरको डाक्टरले दिनेछन् घर निर्माण लागत घटाउने परामर्श

काठमाडौं । घर तथा बिल्डीङ्ग निमार्ण सम्बन्धि चुनौतीहरूको पहिचान र समाधान गर्न विगत छ वर्ष …

प्रतिकृया दिनुहॊस