देशभर चिसो बढ्यो, यी भू-भागमा बदलीको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर मौसम बदली भएसँगै चिसो बढेको छ । हिमाली क्षेत्रमा हिमपात भएको छ भने अन्य क्षेत्रमा आंशिक बदली हुँदा चिसो बढेको हो ।

अहिले देशको उच्च पहाडि तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ भने बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

मंसिर ०४ गते (बिहिबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर ०५ गते (शुक्रबार)
दिउँसो : देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

मंसिर ०६ गते (शनिबार)
दिउँसो : देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

राती : देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुको वायुको तापक्रममा हल्का गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस