उपासना पाैडेल

युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारीमा उपासना पौडेल, बिदा भए भट्टराई

काठमाडौं। युनाइटेड इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन्। यसअघि उनी डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिइन्।

रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएपछि पौडेललाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी कम्पनीले दिएकाे हो। भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमास (साउनदेखि असोज मसान्तसम्म) अघिल्लो बर्षको तुलनामा ४४ प्रतिशतले बीमा शुल्क आर्जन बढाउन सफल भएकाे थियाे ।

कामू प्रमुख कार्यकारी अधिकृत पौडेल दिल्ली युनिभर्सिटीबाट एमबीए सकेकी हुन्। उनीसँग भारतको आइसीआइसीआइ जनरल इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव समेत रहेकाे छ। उनीले  चर्चित टेलिकम कम्पनी भोडाफोनमा समेत काम गरेकी थिइन्। कामू उपासना पाैडेललाइ न्यूज दैनिक परिवारकाे हार्दिक बधाइ ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ …

प्रतिकृया दिनुहॊस