विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ संक्रमित थपिए, ९ हजार ६२३ को मृत्यु

काठमाडौं । विश्वमा एकै दिन हालसम्मकै बढी ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ६२३ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो संख्या अहिलेसम्मकै धेरै भएको जनाएको छ । यसअघि ५ लाख ७९ हजार २५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरस सङ्क्रमणबाट विश्वमा १३ लाखभन्दा धेरैको ज्यान गएको छ । चीनको वुहानबाट गएको वर्ष डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १३ लाख ८ हजार बढीले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसबाट विश्वभर गरी ५ करोड ३७ लाख व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ७५ लाख कोरोना मुक्त भएका वल्र्डओमिटरको तथ्याङ्क छ । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा १ करोड १० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये २ लाख ४९ हजारको ज्यान गएको छ । अमेरिकामा पछिल्लो तथ्याङ्कअनुसार ६७ लाख ८८ हजार व्यक्ति कोरोना भाइरसमुक्त भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस