विश्वमा ३ करोड ७२ लाखले जिते कोरोना, कतिले गुमाए ज्यान ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड ७२ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ७२ लाख १० हजार १६० जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १२ लाख ९९ हजार २६७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ५ करोड ३० लाख ८५ हजार ७६२ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ४८ हजार ५८५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ८ लाख ७३ हजार ९३६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ६० हजार ५४१ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार १९० जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २८ हजार ६८६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५२१ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ४३ हजार ८६१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८७ लाख २७ हजार ९०० पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५७ लाख ८३ हजार ६४७ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९२६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६४ हजार ३घ२ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस