समाजवादी पार्टीका केन्द्रीय सदस्य गौतमको निधन

तनहुँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिकाऔ१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो ।

१५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमलाई उपचारपछि केही समयअघि घरमा ल्याईएको थियो । उनको पार्थिव शरीरलाई जिल्लाको पवित्रस्थल देवघाटमा लगेर दाहसंस्कार गर्ने अन्तिम तयारी भइरहेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोखरेलले जानकारी दिए ।

भूमिसुधारमन्त्री तथा पूर्वमन्त्री, संविधानसभा सदस्य एवं तनहुँ जिल्लाको कम्युनिष्ट आन्दोलनका अथक योद्धा गौतमको निधनले सिङ्गो तनहुँवासीलाई स्तब्ध बनाएको पोखरेलले बताए । उनका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस