आजको गोरखापत्र लोकसेवा सामाग्री पढ्नुहोस् ।

१. अमेरिकामा सन् २०२० नोभेम्बरमा सम्पन्न निर्वाचनमा राष्ट्रपति पदमा विजयी हुने व्यक्तित्व को हुन् ?
 जोय बाइडेन
– बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्वउपराष्ट्रपति जोय बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित ।
– अमेरिकाको इतिहासमा तीन दशकपछि बहालवाला राष्ट्रपतिलाई पराजित गर्दै अर्को पार्टीका उम्मेदवार बाइडेन विजयी । यसअघि सन् १९९२ मा राष्ट्रपति जर्ज बुसलाई पराजित गर्दै बिल क्लिन्टन निर्वाचित हुनुभएको थियो ।
– ७७ वर्षीय बाइडेन अमेरिकी राष्ट्रपति चुनावको इतिहासमा निर्वाचित हुने सबैभन्दा वृद्ध उम्मेदवार हुनुहुन्छ । उहाँ हालसम्मकै बढी लोकप्रिय मत हासिल गर्ने निर्वाचित राष्ट्रपति बन्ने । यसअघि यो कीर्तिमान बाराक ओबामाको नाममा थियो ।
– बाराक ओबामाको कार्यकालमा उहाँ उपराष्ट्रपति हुनुहुन्थ्यो । आगामी जनवरी २० (सन् २०२१) मा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा उहाँले आधिकारिक रूपमा राष्ट्रपतिको कार्यभार सम्हाल्ने ।
त्यस्तै, अमेरिकाको इतिहासमै पहिलो महिला उपराष्ट्रपतिका रूपमा कमला ह्यारिस निर्वाचित । उहाँ क्यालिफोर्निया राज्यको पहिलो एटर्नी जनरल तथा पहिलो अश्वेत सिनेटर हुनुहुन्छ ।
२. नेपाली हास्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित एक लाख राशिको भैरव पुरस्कार (वर्ष २०७६–२०७७ का लागि) कसलाई प्रदान गरियो ?
 रामकुमार पाँडे
त्यस्तै, भैरव प्रतिभा पुरस्कार (वर्ष २०७६–२०७७ का लागि) हास्यव्यङ्ग्य अभिनेता राजाराम पौडेललाई प्रदान गरिएको ।
– २०४६ सालदेखि प्रत्येक दुई वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा आगामी वर्षबाट बर्सेनि प्रदान गरिने भएको ।
३. सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा सांसद र मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात कहिलेदेखि गरिएको हो ?
 विक्रम संवत् २०७५ भदौ १८ ।
– प्रतिनिधिसभा नियमावली–२०७५ को परिच्छेद (८) को व्यवस्थाअनुसार प्रत्यक्ष कार्यक्रम सुरु गरिएको ।
– प्रश्नोत्तर कार्यक्रम सञ्चालनका लागि मन्त्रालयअनुसार बार निर्धारणसमेत गरिएको ।
४. प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम सञ्चालन कार्यविधि–२०७६ मन्त्रिपरिषद्बाट कहिले स्वीकृत भएको हो ?
 विसं २०७६ मङ्सिर २१ ।
(सरकारले मुलुकमा अझै सडक सञ्जाल नपुगेका स्थानीय तहका केन्द्रलाई चार वर्षभित्र राष्ट्रिय राजमार्गमा जोड्ने योजना बनाएको ।)
५. सरकारले आगामी पाँच वर्ष (आव २०७९÷८०) भित्र कति परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने योजना अघि बढाएको छ ?
 एक लाख २५ हजार ।
– आर्थिक वर्ष २०७४÷०७५ को बजेटमार्फत सरकारले नयाँ आवास व्यवस्था कार्यक्रम घोषणा गरेको थियो । सोहीबमोजिम पहिलो वर्षमा २५ हजार परिवारलाई सुरक्षित नागरिक आवास प्रदान गर्ने योजना रहेको ।
– कार्यक्रमअनुसार पराल, खरको छाना भएका घरपरिवारलाई जस्तापाताको छानामुनि ल्याउन सरकारले सुरक्षित नागरिक आवास निर्माण गर्ने योजना बनाएको ।
६. व्यावसायिक कफी खेती सर्वेक्षण (२०७५) अनुसार कफी उत्पादनमा नेपालको पहिलो जिल्ला कुन हो ?
 काभ्रेपलाञ्चोक ।
– सो सर्वेक्षणअनुसार दोस्रो र तेस्रो स्थानमा क्रमशः स्याङ्जा र सिन्धुपाल्चोक रहेका ।
– सर्वेक्षणमा ५० बोटभन्दा धेरै खेती गर्ने कृषकहरूलाई व्यावसायिक खेती गर्ने कृषकका रूपमा सूचीकृत गरिएको ।
– सर्वेक्षणअनुसार कफी खेती गर्ने किसान छ हजार ३४६ रहेका ।
– कफी उत्पादनमा प्रदेश नं. ३ पहिलो स्थानमा रहेको ।
– तथ्याङ्क विभागका अनुसार ७७ जिल्लामध्ये मध्यपहाडी क्षेत्रका ३२ जिल्लामा कफी खेती हुँदै आएको ।
७. सातौँ राष्ट्रिय कृषिगणना कहिले गरिने भएको छ ?
 विसं २०७८ ।
– नेपालको कृषिको अवस्था र कृषिको विकासका लागि विभिन्न योजना बनाउने उद्देश्यसाथ सातौँ राष्ट्रिय कृषि गणना विसं २०७८ मा गरिने भएको ।
– विगतमा जिल्लास्तरमा मात्र कृषि गणना हुँदै आएकोमा स्थानीय तहको समेत कृषि तथ्याङ्क उपलब्ध गराउनेगरी सात सय ५३ वटा स्थानीय तहको कृषक र कृषिको अवस्थाका बारेमा कृषिगणना गर्न लागिएको ।
८. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?
 विसं २०७२ मङ्सिर १४ ।
९. नेपाल टेलिभिजनका चारवटै च्यानल प्रसारणमा एचडी प्रविधि औपचारिक रूपमा कहिलेदेखि सुरु गरिएको हो ?
 विसं २०७५ माघ १७ ।
– नेपाल टेलिभिजनको ३४औँ वार्षिकोत्सवको अवसरमा चारवटै च्यानल नेपाल टेलिभिजन, एनटीभी प्लस, एनटीभी न्युज र एनटीभी कोहलपुर प्रसारणमा एचडी प्रविधि अङ्गीकार गरिएको ।
– नेपालको सबैभन्दा जेठो र अग्रणी टेलिभिजन प्रसारण संस्थाका रूपमा ख्याति कमाएको नेपाल टेलिभिजन २०४१ सालमा स्थापना भएको ।
११. विश्वमा क्रेडिट कार्डको प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?
 अमेरिका ।
१२. अमेरिकाद्वारा टर्कीविरुद्ध लगाइएको नाकाबन्दी कहिले फिर्ता गरिएको हो ?
 सन् २०१९ अक्टोबर २३ ।
१३. बोस्टन टी पार्टी केसँग सम्बन्धित छ ?
 अमेरिकी स्वतन्त्रता सङ्ग्राम ।
१४. अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?
 बुरुन्डी (सन् २०१७ अक्टोबर २७) ।
(सदस्यता त्याग्ने दोस्रो राष्ट्र फिलिपिन्स रहेको । फिलिपिन्सले सन् २०१८ मार्च १७ मा सदस्यता त्यागको घोषणा गरेको ।)
१५. सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो ?
 सर्लाही (११ नगरपालिका र ९ गाउँपालिका गरी २० स्थानीय तह) ।
– सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश ः प्रदेश नं. १ (१३७) ।
– सबैभन्दा कम स्थानीय तह भएको प्रदेश ः प्रदेश नं. ६ (७९) ।
– दुई–दुईवटा उपमहानगरपालिका भएको जिल्लाको सङ्ख्या ः तीन (सुनसरी ः धरान र इटहरी, बाराः जितपुर र कलैया र दाङ ः तुलसीपुर र घोराही) ।
१६. ओजन तह पत्ता लगाउने व्यक्ति जेसी फारम्यान हुन् भने ओजन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने व्यक्ति को हुन् ?
 शेरउड रोल्यान्ड ।
१७. क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?
 नेपालगन्ज, बाँके ।
– जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका ः जनकपुर ।
– सबैभन्दा बढी वडा सङ्ख्या भएको उपमहानगरपालिका ः कलैया (बारा,२७ वडा) ।
१८. नेपालमा मोहियानी हकसम्बन्धी व्यवस्था कहिलेदेखि हटाइएको हो ?
 विसं २०५३ पुस १४ ।
१९. ललितपुर महानगरपालिकालाई हस्तकला नगर घोषणा कहिले गरिएको हो ?
 विसंं २०७५ कात्तिक २८ ।
२०. नेपालमा सर्वप्रथम प्रचलनमा ल्याइएको कागजी नोटमा हस्ताक्षर गर्ने खजाञ्ची को हुन् ?
 जनकराज ।
२१. नेपालमा मुख्यतः युरेनियमको खानीको सम्भावना कुन जिल्लामा रहेको छ ?
 मुस्ताङ ।
२२. म्याग्नाकार्टामा ६३ धारा रहेको छ भने मानवअधिकार घोषणापत्रमा कति धारा रहेको छ ?
 ३० ।
२३. मङ्गल ग्रहमा पुग्ने पहिलो यान भाइकिङ–१ हो भने चन्द्रमामा पुग्ने पहिलो यान कुन हो ?
 लुना–२ ।
२४. स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार गाउँपालिकामा कम्तीमा कति वडा हुनुपर्ने व्यवस्था छ ?
 पाँच (बढीमा २१ वडा) ।
(नगरपालिकामा कम्तीमा नौ वडा र बढीमा ३५ वडा हुनेगरी निर्धारण गर्नुपर्ने प्रावधान रहेको ।)
२५. “आधुनिक शिक्षकको जिम्मेवारी जङ्गल काट्नु होइन, मरुभूमिमा सिँचाइ गर्नु हो” भन्ने विद्वान् को हुन् ?
 सीएस लेविस, ब्रिटिस उपन्यासकार ।
२६. मनोरम पर्यटकीय स्थल मानहुँकोट कहाँ पर्छ ?
 तनहुँ ।
२७. नेपालमा कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि कति वर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको थियो ?
 पाँचवर्षे ।
(पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।)
२८. नगरपालिकामा गठन हुने स्थानीय राजस्व परामर्श समितिको संयोजक को हुने व्यवस्था छ ?
 नगरपालिकाको उपप्रमुख ।
२९. नेपालमा पहिलोपटक सामाजिक सुरक्षा दिवस कहिले मनाइयो ?
 विसं २०७५ मङ्सिर ११ ।
– “पहिलो सामाजिक सुरक्षा दिवसको नारा ः सामाजिक सुरक्षा योजनामा सहभागी बनौँ, सुरक्षित भविष्य सुनिश्चित गरौँ” रहेको ।
– मन्त्रिपरिषद्को विसं २०७५ मङ्सिर ३ को बैठकले सो दिवस मनाउने निर्णय गरेको ।
३०. आईसीसीद्वारा नेपाललाई एकदिवसीय क्रिकेटको मान्यता कहिले प्रदान गरिएको हो ?
 सन् २०१८ मार्च १५ ।
#गोरखापत्रबाट

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इजरायलले सुरु गर्‍यो इरानमाथि आक्रमण, विश्वबजारमा सुन र तेलको भाउ बढ्यो

काठमाडौं । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । अमेरिकी अधिकारीहरूले एउटा इजरेली क्षेप्यास्त्र इरानमा …

प्रतिकृया दिनुहॊस