mainnews

विश्वमा ३ करोड ६३ लाखभन्दा धेरैले जिते कोरोना, कति पुगे संक्रमित र मृतक ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ३ करोड ६३ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ६३ लाख ९० हजार ४८४  जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १२ लाख ७९  हजार १५१  जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ५ करोड १८  लाख २  हजार ५१८  छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ४५  हजार ७९९  जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ५  लाख५९  हजार १८४  पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ३५ हजार ५ सय ७४ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ३ सय ४५  जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २७ हजार ६१५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५११  जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ४४ हजार ६७९०  जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८६  लाख ३५ हजार ७५४  पुगेको हो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस