कोरोनाको औषधिमा कालोबजारी : ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री

काठमाडौं । आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ ।

यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको औंल्याएको छ । स्वास्थ्य मन्त्रालयले डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई बुझाइसकेको छ ।

समितिको सदस्यमा डा. रमेश खरेल र मन्त्रालयकै अर्का कर्मचारी पानबहादुर क्षेत्री थिए । स्वास्थ्य मन्त्रालयले रेमडेसिभिर दुरुपयोग भएको गुनासो आएपछि छानबिन समिति बनाएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला स्वास्थ्य स्वयंसेविकालाई दिइयो आयुर्वेद सम्बन्धी सचेतना (तस्वीरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले महिला स्वास्थ्य स्वयंसेविकाका लागि आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम …

प्रतिकृया दिनुहॊस