विश्वमा कोरोनाबाट १२ लाख ४८ हजारको मृत्यु, अमेरिकामा मात्र १ करोड बढीमा संक्रमण

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड ९६ लाख नाघेको छ भने १२ लाख ४८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ९६ लाख ५५ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १२ लाख ४८ हजार ५६६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड ५२ लाख ५१ हजार ७२७ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ४२ हजार २३० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ५८ हजार ५८६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ३२ हजार ५४० भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार २४८ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २५ हजार ६०५ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ५७६ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ४९ हजार ८५१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८४ लाख ६० हजार ८८५ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५६ लाख ३२ हजार ५०५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २५६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ३५ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोकमा जन्ती सवार बस भीरमा खस्यो : तीन जनाको घटनास्थलमै मृत्यु, ५२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको …

प्रतिकृया दिनुहॊस