यसरी कान कराउनु पनि कोरोनाको लक्षण : अध्ययन

काठमाडौं । कान कराउनु पनि कोरोनाको लक्षण हुन सक्ने तथ्य फेला परेको बेलायतका वैज्ञानिकले बताएका छन् । त्यहाँस्थित एंग्लिया रस्किन युनिभर्सिटीका वैज्ञानिकले गरेको अनुसन्धानले कोरोना संक्रमितमध्ये ४० प्रतिशत जनामा कान कराउने समस्या रहेको पत्ता लगाएको हो ।

जसलाई वैज्ञानिक परिभाषामा टिनिटस भनिन्छ । अमेरिका र बेलायतका ३ हजार १०३ कोरोना बिरामीमा अनुसन्धान गरिएको थियो । अनुसन्धानको उद्देश्य थियो– त्यस्ता कोरोनापीडित जो पहिलेदेखि टिनिटस समस्याबाट पीडित थिए, उनीहरूलाई कोरोना संक्रमणपछि यो समस्या घट्यो कि बढ्यो ?

अध्ययनमा के तथ्य पत्ता लाग्यो भने केही व्यक्तिमा कोरोना संक्रमणपछि कान कराउने समस्या सुरु भएको थियो । अनि जो पहिलेदेखि यस्तो समस्याबाट पीडित थिए, कोरोना संक्रमणपछि झन् बढ्यो । अनुसन्धानकर्ता भन्छन्, ‘कान कराउनु दीर्घ कोभिडको लक्षण पनि बन्न सक्छ । तर यस्तो केही व्यक्तिलाई मात्र हुने सम्भावना हुन्छ ।’

अध्ययनमा सहभागी ४६ प्रतिशत बेलायती बिरामीले आफूमा बेचैनी, एक्लोपन र नकारात्मक असर देखिएको बताएका छन् । ५० वर्षीया एक महिलाले महामारीका क्रममा कान कराउने समस्याले निकै दुःख दिएको बताइन् । दैनिक भास्करबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस