विद्युत् सेवा अवरुद्ध : चार दिनदेखि सिमकोट अन्धकार

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युतको पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन् ।

साविकको डाडाफयाको जबुका, थाया, ओखरेन, चुकेडी र दलित बस्तीका गरी १५० घरधुरी अनधकारमा बस्दै आएको स्थानीय मन्दिर सिंहले जानकारी दिए ।

अवरुद्ध भएको विद्युत् सेवा मर्मत गर्न नेपाल विद्युत् प्राधिकरण कार्यायलमा जानकारी गराउँदा ठेकेदारले सडक चौडा गर्ने क्रममा पोल ढालेको हुनाले आफूहरुले मर्मत नगर्ने जवाफ दिएको उनले बताए । ठेकेदारले पनि पोल मर्मतप्रति कुनै चासो नदिएको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राहुघाट जलविद्युतको बाँध सिधा सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा …

प्रतिकृया दिनुहॊस