कोरोना संकटः धेरै संक्रमित सूचीको ३४ औं स्थानमा नेपाल

काठमाडौं । नेपाल कोभिड-१९ संक्रमणको खराब मुलुकहरुको सूचीमा फड्को मार्दै अगाडि बढेको छ । २१८ देश तथा क्षेत्रहरुमा संक्रमण पुष्टि भएको मध्ये नेपाल ३४ औं स्थानमा पुगेको कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणमा उल्लेख छ ।

कोभिड-१९ संक्रमणको आउटब्रेक इपिसेन्टर चीन हुँदै जापान, एसियाका युएई, कतार, ओमानलगायतका देशहरुलाई पछाडि पार्दै ३४ औं स्थानमामा उक्लिएको हो । नेपालमा १५ लाख ७ हजारको पीसीआर परीक्षण गर्दा १ लाख ८५ हजार ९ सय ७४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जसमध्ये १ लाख ४८ हजार ४ सय ८ जना निको भएका छन् भने १ हजार ५२ जनाको ज्यान गएको छ । देशभर अहिले ३६ हजार ५ सय १४ जना सक्रिय संक्रमित छन् । नेपालभन्दा एक स्थान माथि रहेको स्वीटजरल्याण्डमा २ लाख २ हजारमा कोरोना पुष्टि हुँदा साढे २ हजारको ज्यान गएको छ । ८७ हजार निको भएका छन् भने १ लाख १२ हजार सक्रिय संक्रमित छन् ।

अहिलेसम्म विश्वभर ४ करोड ९० लाखमा कोरोना पुष्टि भएको छ । जसमध्ये ३ करोड ४९ लाख निको भएका छन् भने १२ लाख ३ हजारको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ९९ लाख १४ हजारको रिपोर्ट पोजेटिभ आएको वल्डोमिटरले जनाएको छ । थप एक हजार ९४ को ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या २ लाख ४० हजार नाघेको छ ।

अमेरिकापछि भारतमा ८४ लाखमा कोरोना पुष्टि हुँदा १ लाख २५ हजारको ज्यान गएको छ । ७७ लाख ६४ हजार भने निको भएका छन् । यस्तै ५६ लाख १४ हजारमा कोरोना पुष्टि भएको ब्राजिलमा १ लाख ६१ हजारको ज्यान जाँदा ५० लाख ६४ हजार निको भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बेलायतको नयाँ कम्प्युटर पाठ्यक्रम सञ्चालन गर्दै मनास्लु स्कुल

काठमाडौं । काठमाडौंको नयाँ बजारमा स्थित मनास्लु स्कुलले डिजीस्कुल नेपालसँग साझेदारी गरेको छ । साझेदारी …

प्रतिकृया दिनुहॊस