पक्राउ परे पत्रकार अर्नब गोस्वामी

काठमाडौँ । भारतीय टेलिभिजन च्यानल रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन् ।गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ।

अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा सिआइडीद्वारा पुनः जाँचको आदेश दिइएको थियो।

अन्वय नाइकले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा उनले आफूले पाउनुपर्ने ५.४० करोड भारू भुगतान नपाएपछि आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस