विश्वमा संक्रमितको संख्या ४ करोड ७३ लाख नाघ्यो, भारतमा मात्रै १ लाख २३ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड ७३ लाख नाघेको छ भने १२ लाख ११ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ७३ लाख १७ हजार ४२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १२ लाख ११ हजार २३६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड ४० लाख २७ हजार १४४ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ३६ हजार ९९७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ९५ लाख ६७ हजार ५४३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८८ हजार ९०५ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ५२२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २३ हजार १३९ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४९७ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ३७ हजार ५९२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८२ लाख ६६ हजार ९१४ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५५ लाख ५४ हजार २०६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १६८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६० हजार २७२ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस