काठमाडौंका यी ठाउँमा आज विजुली अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (मंगलबार) काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।

काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सव स्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदल्नुपर्ने भएकाले विभिन्न स्थानमा मंगलबार बिहान ७ देखि १० बजेसम्म विद्युत् कटौती हुने प्राधिकरणका सूचना अधिकारी लीला अर्यालले जानकारी दिएका छन् ।

स्युचारटार सव स्टेशनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ ।

विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरणले माफी माग्दै तोकिएको समय भन्दा अघि नै काम सकिए १० बजो अगावै विद्युत् सेवा पुनः सञ्चालनमा आउने जानकारी समेत दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राहुघाट जलविद्युतको बाँध सिधा सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा …

प्रतिकृया दिनुहॊस