सास गन्हाउने समस्याले पीडित हुनुहुन्छ ? यसरी पाउनुहोस छुटकारा

काठमाडौं । हामीले दाँत र मुख स्वास्थ्यको ख्याल गरेनौं भने समयभन्दा अघि नै दाँत रोगी हुने र सास गन्हाउने जस्ता समस्या सुरु हुन्छ ।

सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुन सक्छ । नियमित रुपमा ब्रस नगर्नाले मुख र दाँतको बीचमा फसेका भोजनले ब्याक्टेरिया पैदा गर्छ । जसको कारण मुखबाट दुर्गन्ध आउन थाल्छ ।

सासको दुर्गन्ध या ‘हेलिटोसिस’ एक गम्भीर समस्या बन्न सक्छ । तर, केही साधारण उपाय अपनाउने हो भने सासको दुर्गन्धलाई रोक्न सकिन्छ ।

कारण

. गिजामा पिप जमेर ।
. पिनास भएमा
. पेटको समस्याका कारण
-गिजा रोगी भएमा
. दाँतमा खाना अड्केर सडेमा
. जिब्रो सफा नगरेमा
. पानीको मात्रा कम भएमा
. धूमपान र मद्यपानका कारण
. मिर्गौलाको समस्या छ भने
. फोक्सोको संक्रमणका कारण

बच्ने उपाय

. साँझ बिहान राम्रोसँग दाँत माझ्ने
. जिब्रोको माथिल्लो भाग सफा गर्ने
. कीरा लागेको र प्वाल भएको दाँतको उपचार गर्ने
. खानेकुरा खानेबित्तिकै कुल्ला गर्ने
. प्रशस्त पानी पिउने
. कब्जियतलगायतको समस्याबाट मुक्त हुने
. दन्त रोग विशेषज्ञसँग उपचार र परामर्श लिने

घरेलु उपाय

– जिरालाई भुटेर चपाउनाले पनि सासको दुर्गन्ध कम हुन्छ
– ल्वाङलाई हल्का भुटेर चबाउनुहोस
– मनतातो पानीमा नुन हालेर कुल्ला गर्नुहोस
– ताजा र रेशादार सागसब्जीको प्रयोग
– पुदिनालाई पिसेर पानीमा घोल्नुहोस र दिनमा २ देखि ३ पल्ट कुल्ला गर्नुहोस
– प्रसस्त पानी पिउने

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस