दिल्ली र बैंग्लोर आईपीएल ‘प्लेअफ’दौडबाट बाहिरिन सक्ने

काठमाडौं ।यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा शनिबार दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) दुबै पराजित भए। मुम्बई इन्डियन्सविरुद्ध दिल्ली ९ र सनराइजर्स हैदराबादविरुद्ध आरसीबी ५ विकेटले पराजित भएको हो।

दिल्लीमाथिको जितले मुम्बईको क्वालिफायर १ को औपचारिकतालाई पूरा गरेको थियो । अन्तिम खेलमा दिल्लीसँग पराजित भएमा बेंग्लोर प्लेअफबाटै बाहिरिन पनि सक्छ।

१३ खेलको समाप्ति र १ खेल खेल्न बाँकी रहेको अवस्थामा मुम्बई १८, बेंग्लोर र दिल्ली १४-१४, हैदराबाद, पञ्जाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको १२-१२ अंकसहित क्रमश पहिलोदेखि सातौं स्थानमा रहेका छन्।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस