मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी। सुनसरीको  रामधुनी-२ शिवनगर स्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक रामधुनी-२ शिवनगरका २४ बर्षीय निमेश चौधरी र मोटरसाईकल पछाडी सवार रहेका सोही स्थानका २३ बर्षीय जिवन चौधरी रहेका छन् ।
शनिबार  राती साढे ८ बजे को २६ प ५६५१ नम्बरको मोटरसाईकल साईडमा रोकि राखेको को २ त ९८७६ नम्बरको ट्याक्टरको टलीमा ठोकीएर दुर्घटना हुदा मोटरसाईकल चालक निमेश र पछाडी सवार जिवन गम्भिर घाईते भएका थिए ।
उनीहरुको घोपा  क्याप  धरानमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोक दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ …

प्रतिकृया दिनुहॊस